• सोमबार, साउन २५ २०८३

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बने कुवेतका अब्दुल्लाह


आइतबार, चैत्र २२ २०७७
800
Shares

काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ । नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ ।

एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार