• सोमबार, साउन २५ २०८३

छत्तीसगढमा माओवादी आक्रमण : २२ सुरक्षाकर्मीको मृत्यु, ३२ घाइते


आइतबार, चैत्र २२ २०७७
1.2K
Shares


एजेन्सी । भारतको छत्तीसगढमा शनिबार माओवादीको आक्रमणमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

टाइम्स अफ इण्डियाका अनुसार बिजापुर जिल्लामा शनिबार सुरूमा माओवादीहरूले एम्बुस आक्रमणमा गरो थिए। त्यसपछि दुबैतर्फबाट गोली हानाहान भएको थियो।

प्रहरीका अनुसार माओवादीका पनि केही मानिसहरू मरेका छन्।

‘नक्सलवादी विरूद्धको अपरेशनमा सुरक्षाको संयुक्त टोली गस्ती जाँदा तरेम क्षेत्रमा गोलीबारी भएको हो, ’ छत्तिसगढका प्रहरी डिएम अवस्तीले भने।

छत्तीसगढका मुख्यमन्त्री भुपेस बाघेलका अनुसार माओवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो।

‘नक्सलवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो। नक्सालवादीहरूको ठूलो क्षति भएको छ,’ मुख्यमन्त्री बाघेलले भने।

सात जना घाइतेलाई उपचारको लागि राईपुरमा पठाएको उनले जानकारी दिए। उनीहरू खतरामुक्त भइसकेका छन्।

माओवादीले सुरक्षाकर्मीहरूको दुई दर्जन बढी हतियारहरूसमेत लुटेको टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

गत मार्च २१ मा सुक्मा जिल्लामा माओवादीले गरेको एम्बुस आक्रमणमा परी १७ जना सुरक्षा अधिकारी मारिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार