• आइतबार, भाद्र २१ २०८३

‘कोरोना रोक्न सुतीको मास्क सबैभन्दा उत्तम’


आइतबार, चैत्र २२ २०७७
505
Shares


कोरोना महामारीले गर्दा मास्क हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ। कोरोना संक्रमणबा बच्न मास्कबारे विश्वभर रोचक अध्ययन पनि भइरहेका छन्।

यस क्रममा हालै वैज्ञानिकले माइक्रोस्कोपको सहायताबाट गरेको अध्ययनले कोरोनाबाट बच्न सबैभन्दा प्रभावकारी मास्क सुतीको कपडाको हुने दाबी गरेको छ। किनकि यसको वनाबट निकै कसिलो हुने वैज्ञानिकको भनाइ छ।

अन्य कपडाका मास्क भने सुतीको भन्दा खुकुलो हुने र सास लिँदा धेरै कण रोक्न नसक्ने अध्ययनले देखाएको छ। यो अध्ययनका लागि अमेरिकाको म्यारिल्यान्डस्थित स्मिथ सोनियन म्युजियम कन्भर्सेसन संस्थानका वैज्ञानिक एडवडै विसेन्जी र उनको टोलीले १२ भन्दा बढी प्रकारका मास्क जम्मा पारेका थिए।

एडवर्डका अनुसार ५० माइक्रोन (०.००१ मिलमिटर) जति सूक्ष्म आकारमा विभिन्न कपडाद्वार निर्मित मास्कको परीक्षण गरिएको थियो। यसमा सुती कपडा, सिन्थेटिक फाइबर, सिरानीका खोल, एन९५ तथा सर्जिकल मास्क थिए।

यीमध्ये कोरोना रोक्न एन९५ मास्क सबैभन्दा बढी प्रभावकारी पाइयो भने सामान्य बचावटका लागि सुतीको मास्क पनि निकै प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार