• सोमबार, साउन २५ २०८३

रामजानकी मन्दिरमा २४० वर्ष पुरानो इँटा फेला


आइतबार, चैत्र २२ २०७७
915
Shares


पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिक स्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो। सो इँटा विसं १८३५ /१९३५ को हुनसक्ने बताइएको छ।

फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए।

इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार