• सोमबार, साउन २५ २०८३

४३ लाख नगद र ९ वटा तिलहरीसहित एक पक्राउ


आइतबार, चैत्र २२ २०७७
515
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका—२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका—५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३—०१—००—६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले र्‍यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो।

कार्टुनभित्र प्रहरीले हेर्दा छड्के तिलहरीको पोते नौं वटा र ४३ लाख नगद फेला पारेको थियो।

त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो। उनले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन्।

उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार