• सोमबार, साउन २५ २०८३

बारपाकमा जिप दुर्घटना, दुईकाे मृत्यु, ७ घाइते


शनिबार, चैत्र २१ २०७७
620
Shares

गोरखा । गोरखाको बारपाकमा भएको जीप दुर्घटना भएकाे छ ।

शनिबार बेलुका करिब पाैने सात बजे ना ५ च ३२९८ नम्बरकाे यात्रुवहाक जिप दुर्घटना हुदा दुई जनाको मृत्यू भएको भने ८ जना घाइते भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको स्थानीयले बताएका छन् ।

बारपाक सुलिकाेट गाउँपालिका २ काे राङरुङ भीरबाट जिप करिब ६० मिटर तल दरौँदी नदिमा खसेको बताइएकाे छ ।

हाल घाइतेकाे उद्धार गरि बस मार्फत जिल्ला अस्पताल ल्याउने क्रममा रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी प्रकाश दाहालले सिभिलखबरलाई बताए ।

घटनाकाे थप विवरण आउन बाँकी रहेकाे उनकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार