• सोमबार, साउन २५ २०८३

पालुङटारले फोहोरमैला प्रशोधन गरेर प्राङ्गारिक मल बनाउँदै


शुक्रबार, चैत्र २० २०७७
935
Shares

किरण गिरी, पालुङटार । पालुङटार नगरपालिकाले नगरक्षेत्रबाट निस्किने फोहोर मैला प्रशोधन गर्ने भएको छ ।

झण्डै डेढ करोड रुपैया लगानी गरेर निर्माण गरेको प्रशोधन केन्द्रबाट नगरपालिकाले प्राङ्गारिक मल बनाउने योजना अघि सारेको हो ।

पालुङटार नगरपालिका ३ मा २२ रोपनी जग्गामा निर्माण भएको प्रशोधन केन्द्रको शुक्रबार नगरप्रमुख ई. दिपकबाबु कडेंलले उद्घाटन गरेका छन् । केहि समयअघि साे जग्गा नगरपालिकाले आफै खरिद गरेकाे थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कडेंलले नगरक्षेत्रबाट निस्किने फोहोर मैलालाई प्रशोधन गरेर प्राङ्गारिक मल बनाउने र किसानलाई बेच्ने योजनामा नगरपालिका रहेको बताए । ‘हामी पालुङटारलाई सफा, सुन्दर बनाउन चाहान्छौ’ उनले भने ‘अब घरघरबाट निस्कने फोहारबाट प्राङ्गारिक मल बनाउछौ अनि किसानलाई बाड्छौ ।’

छाँया नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा नगरपालिकाले यो योजना अघि सारेको बताएको छ । ‘फोहोरबाट मोहोर’ निकाल्ने उदेश्य रहेको समेत नगरप्रमुख कडेंलको भनाई छ ।

घरबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याएर प्रशोधन केन्द्रमा पु¥याउने उनले बताए । ‘फोहोरबाट मोहोर निकाल्ने कन्सेप्ट हो हाम्रो’ कडेंलले सिभिलखबरलाई भने ‘एक हप्ता कुहिने फोहोर, अर्को हप्ता नकुहिने फोहोर घरबाट गाडीमा लोड हुन्छ, त्यसैबाट हामी मल बनाउछौ, अनि शुल्क लिएर किसानलाई बाड्छौ ।’

तत्कालका लागि पालुङटार नगरपालिकाको ३, ४, ५ र ६ का घरधुरीबाट निस्कने फोहोरमैलालाई सो केन्द्रमा पु¥याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

गिद्देखोला फाट फोहोर मैला व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न्न ५ का अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पम्पा बसेलले पालुङटारलाई वातावरणिय स्वच्छताको बिषयमा समेत नमुना नगर बनाउने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, शिक्षा प्रमुख बाबुराम कारखेती, छाया नेपालका प्रतिनिधि कमल थापा, राम महर्जन लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार