• सोमबार, साउन २५ २०८३

यातायात मजदुरबीचको झडपमा १ जनाको मृत्यु


शुक्रबार, चैत्र २० २०७७
775
Shares

सुर्खेत । यातायात मजदुरबीचको झडपमा जाजरकोटमा एक युवकको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार