• सोमबार, साउन २५ २०८३

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु


शुक्रबार, चैत्र २० २०७७
690
Shares

काठमाडौं । पानी जमेको खाल्डोमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका—६ टौदह नयाँ झोलुङ्गे पुलनजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेह दक्षिणकाली नगरपालिका—१ खहरे बस्ने ओखलढुङ्गा सिजिदेव गाउँपालिका—३ घर का ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका—१ घर भएका ८ वर्षीय क्रिस मगर छन्।

खाल्डोमा पाँच जना बालक पौडी खेल्न गएकोमा दुई जना हराएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुर र विपद व्यवस्थापनबाट टोली गएको थियो।

टोलीले खोजी गर्ने क्रममा खाल्डोमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार