• सोमबार, साउन २५ २०८३

तोलामा ९ सयले बढ्यो सुनको मूल्य


शुक्रबार, चैत्र २० २०७७
655
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार