• बुधबार, साउन १३ २०८३

भारतमा एकैदिन ८१ हजार बढीमा कोरोना संक्रमण


शुक्रबार, चैत्र २० २०७७
625
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र बन्दै गएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।

बिहीबारमात्रै भारतमा ७२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार