• सोमबार, साउन २५ २०८३

गोरखाका २५ जना महिलालाई सात दिने हस्तकला तालिम


शुक्रबार, चैत्र २० २०७७
520
Shares

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ मा महिलाहरुलाई सातदिने हस्तकला का सामग्री उत्पादन सम्बन्धी तालिम सुरु भएको छ ।

लिगलिग सामुदायिक सिकाई केन्द्रको आयोजनामा सात दिने हस्तकला सम्बन्धी तालिम सुरु गरिएको हो ।

तालिममा महिलाहरुलाई हातले बनाउन मिल्ने कुसन, डल जस्ता सामाग्रीहरु बनाउन सिकाइने सिकाई केन्द्रका अध्यक्ष सरोज देवकोटाले बताए ।

उक्त तालिममा महिला समूहका पदाधिकारी एवम् सदस्यहरु गरी २५ जनालाई तालिम दिने पनि देवकोटाले बताए । सो तालिमको बिहिबार एक समारोहका बीच उद्घाटन भएको छ ।

केन्द्रका अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त तालिमको उद्घाटन कार्यक्रममा विशेष अतिथि वडा सदस्य देवेन्द्रराज देवकोटा, हरि देवकोटा, निर्मला देवकोटा, विमला देवकोटा, सामी परियोजना पालुङटारका वित्तिय साक्षर सहजकर्ता मञ्जु घिमिरे लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

तालिमको सुमित्रा अधिकारीले सहजीकरण गरिरहेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार