• सोमबार, साउन २५ २०८३

सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’ (भिडियो)


शुक्रबार, चैत्र २० २०७७
705
Shares

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो रिलीज भएको छ । अमर वन्तुको शब्द रचना रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत छ ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ । यो गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी रहेको छ ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दिपेन गौतम ‘माईकल’ हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार