• सोमबार, साउन २५ २०८३

बम बिस्फोट : घाइते युवकको मृत्यु, एकको अवस्था गम्भीर


शुक्रबार, चैत्र २० २०७७
885
Shares

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका–२ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिहीबार बिस्फोट भएको थियो।

बिस्फोटमा परेर गम्भीर घाइते भएका गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानालाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका थिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार