• बुधबार, साउन १३ २०८३

बारपाक सुलीकोटमा भएको वृहत स्वास्थ्य शिविरमा ९२४ जनाले लिए लाभ


शुक्रबार, चैत्र २० २०७७
660
Shares

गोरखा । बारपाक सुलीकोट गाउँपालिका भएको वृहत स्वास्थ्य शिविरमा ९ सय २४ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

पालिकाको वडा नं. ३ स्वाँराको माझथरमा सम्पन्न स्वास्थ्य शिविरमा ९ सय २४ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।

May be an image of 1 person, standing and sitting

बुधबार र बिहिबार गरी दुई दिनसम्म सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा वडा नं. ३ स्वाँरा र वडा नं.४ सौरपानीका बिरामीहरुको उपचार गरिएको स्थानीयले बताए ।

पालिका तथा कर्म फ्लाइट्स फाउण्डेशन पोखराको आयोजनामा भएको शिविरमा भिडियो एक्सरे, प्रशुती तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोगका बिरामीहरुको उपचार गरिएको थियो ।

त्यस्तै नाक, कान तथा घाँटीका बिरामीहरुको, पेटसम्बन्धी र घाउचोट सम्बन्धी उपचार सेवा सञ्चालन गरिएको थियो ।

May be an image of 3 people, people standing and people sitting

सबैभन्दा धेरै स्त्री तथा प्रसुती रोगका बिरामी रहेको पाइएको छ। त्यस्तै हाडजोर्नीका बिरामीहरु पनि धेरै संख्यामा नै रहेको पाइएको छ । उनीहरुलाई निशुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो ।

बिरामीहरुलाई पोखराका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका थिए । साथै पालिकाको र वडा नं. ३ र ४ मा रहेका स्वास्थ्यकर्मीहरुले पनि स्का र कवास्थ्य सेवा दिएका थिए ।

वडा नं. ३ का वडाध्यक्ष सुकबहादुर तामाङको अध्यक्षतामा सम्पन्न शिविरमा गाउँपालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यता रहेको थियो।

फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँबरले आगामि दिनमा पनि सो क्षेत्रमा स्वास्थ्य सेवा दिइरहने बताएका थिए ।

May be an image of sitting and indoor

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार