• सोमबार, साउन २५ २०८३

मनकामना केबलकार २३ औँ बर्षमा प्रवेश, डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै


बिहिबार, चैत्र १९ २०७७
1.2K
Shares

गोरखा । मनकामना केबलकार २३ औँ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले अबको दुई बर्षपछि केबलकार नयाँ प्रविधिबाट चल्ने जानकारी दिएको छ ।

चितवनकाे चेरेसदेखि गोरखा स्थित शहिद लखन गाउँपालिकाकाे मनकामना मन्दिरसम्म २३ वर्ष अघि स्थापना भएको नेपालको पहिलो केवलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो।

२०५५ सालदेखि संचालनमा आएको मनकामना केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ वर्षको अवधि लाग्ने कम्पनीले जनाएको छ ।

यो अवधिमा बेलाबखत केबलकारको सेवामा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले यात्रु तथा भक्तजनहरूलाई जानकारी गराएको छ ।

केवलकार तीन चरणमा स्तरोन्नति गरिने कम्पनीका कार्यकारी संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए। केबलकारलाई कम्युनिकेशन केवललाई सेट्रा केवल र डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरिने उनले बताए ।

‘हामीले केवलकारलाई तीन चरण गरेर स्तरोन्नति गर्दैछौं’ सञ्चालक श्रेष्ठले भने ‘केवलकारमा विकास भएको पछिल्लो प्रविधि जडान गरेर स्तरोन्नति गरिनेछ। यसबाट संचालन, मर्मत सम्भार खर्च समेत कम हुनेछ।’

सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरू फेरिने छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार र केही अन्य थप पार्टपुर्जाहरू फेरिने छ । 

यसैगरी अन्तिम चरणमा हाल एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केवलमा रूपान्तरण गर्ने डिसि ड्राइभलाई एसि ड्राइभमा रूपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाइने उनले बताए । 

आगामी दुई बर्षमा अर्थात २५औँ बार्षिकोत्सवमा मनकामना केबलकार नयाँ प्रविधिबाट सञ्चालन हुने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

मर्मत, सम्भारको काम हुने अवधिबाहेकको समयमा भने केबलकार यथावत सञ्चालन हुने कम्पनीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार