प्रहरीले साढे २६ किलो गाँजासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
परेर्वासुनौली गाउँपालिका—२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्नमा पक्राउ गरेको हो।

घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।
पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको उनले बताए।