• सोमबार, साउन २५ २०८३

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’


बिहिबार, चैत्र १९ २०७७
505
Shares

काठमाडौं । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ ।

यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो ।

यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् ।

यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।

उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार