• सोमबार, साउन २५ २०८३

सुनको मूल्य बढ्यो


बिहिबार, चैत्र १९ २०७७
535
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ ।

बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार