• सोमबार, साउन २५ २०८३

विश्वकप छनोट : जर्मनीको २० वर्षपछि पहिलो हार


बिहिबार, चैत्र १९ २०७७
630
Shares

North Macedonia players celebrate as Germany's forward Timo Werner walks past after the FIFA World Cup Qatar 2022 qualification football match Germany v North Macedonia in Duisburg, western Germany on March 31, 2021. (Photo by Ina Fassbender / AFP) (Photo by INA FASSBENDER/AFP via Getty Images)


फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी पराजित भएको छ। जर्मनीलाई समूह ‘जे’ को खेलमा नर्थ म्यासेडोनियाले २—१ गोलले पराजित गरेको हो।

घरेलु टिमविरुद्ध म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अग्रता लियो। उसका लागि पान्डेवले गोल गरेका थिए।

६३ मिनेटमा जर्मनीले गुन्डोआनको पेनाल्टी गोलबाट बराबरी गर्न सफल भयो। तर ८५ मिनेटमा एल्मासले म्यासेडोनियाका लागि गोल गर्दै टिमलाई दोस्रो पटक अग्रता दिलाए।

विश्वकप छनोटमा जर्मनीले सन् २००१ पछि पहिलो पटक हार बेहोरेको हो। त्यतिबेला जर्मनीलाई इंग्ल्यान्डले ५—१ ले हराएको थियो। त्यसयता जर्मनी विश्वकप छनोटमा ३५ खेलसम्म अपराजित थियो।

हारसँगै समूहमा तीन खेलबाट ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ। ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ भने ६ अंकसहित म्यासेडोनिया दोस्रो स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार