• सोमबार, साउन २५ २०८३

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने पाँच जना पक्राउ


बिहिबार, चैत्र १९ २०७७
730
Shares

काठमाडौं । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको माकलबारीमा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने र किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई युवतीसहित पाँच जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर माकलबारी बस्ने २४ वर्षीय श्यामकुमार भट्टराई, काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौंको कागेश्वर मनहरा नगरपालिका १ गागलफेदी बस्ने ४७ वर्षीय कुमार सुनार छन् ।

त्यसै गरी सिन्धुली घर भइ माकलबारी डेरा गरी बस्ने १८ वर्षीया मसेली भनिने सुहाना तामाङ, नुवाकोटको सूर्यगढी गाउँपालिका ४ घर भइ हाल माकलबारीमै बस्ने ३१ वर्षीया मुना थापामगर रहेका छन् । सुनार किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुले माकलबारीमा यौन व्यवसाय सञ्चालनका लागि व्यवस्थित खालको फ्ल्याट भाडामा लिएको पाएको छ। पक्राउ परेकी १८ वर्षीया सुहाना तामाङले १६ वर्षीया किशोरीलाई कपडा पसलमा जागिर लगाइदिन्छु भनेर फकाएर गाउँबाट ल्याएपछि फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएपछि घटना सार्वजनिक भएको हो।

उक्त फ्ल्याटमा राजकुमार सुनारले चैत १४ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । त्यसपछि किशोरी भागेर घर गएलगतै फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन भएको घटना सार्वजनिक भएको हो।

पक्राउ परेकाहरुलाई अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार