• सोमबार, साउन २५ २०८३

बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ


बुधबार, चैत्र १८ २०७७
530
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई पक्राउ परेको छ ।

महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको पीडित बालक तथा अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने गरेको र २०२१ मार्च २१ मा नेपाल आइ बालयौन दुराचारको मनसाय राखेर पोखरा गएको देखिएको प्रहरीको भनाइ छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरिकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ र १ थान अमेरिकी राहदानीसमेत बरामद गरेको सीआईबीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार