Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
पोखरा । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो एक विज्ञप्ती जारी गर्दै तीन जिल्लामा गरी बुधबार थप २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
निर्देशक शर्माका अनुसार कस्कीका १६ जना, म्याग्दीका १२ जना र पर्वतका १ जना गरी जम्मा २९ जना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २० जना पुरुष तथा ९ जना महिला रहेका छन् । संक्रमित सबैको क्षयरोग उपचार केन्द्र, पोखरामा परिक्षण गरिएको हो ।
कन्ट्यक ट्रेसिङको आधारमा थप संक्रमित पत्ता लागेको डा. शर्माले जानकारी दिए । हाल सम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ हजार ५ सय ९७ पुगेको छ ।
