• सोमबार, साउन २५ २०८३

घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


बुधबार, चैत्र १८ २०७७
560
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रुपैयाँ तोकेको छ । मंगलबार ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १२ सय १५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार