काठमाडौं । नेपाल शरणार्थीलाई कोभिड—१९ विरुद्धको खोप लगाउने एसियाकै पहिलो मुलुक बनेको छ ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ ।


राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।
६५ वर्षमाथिका ६६८ जना शरणार्थीले खोप लगाएका हुन् । थप खोप आपूर्ति भए अन्य शरणार्थीलाई पनि लगाइने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
नेपालमा भुटानी र तिब्बती गरी २० हजार शरणार्थी छन् ।
