• बुधबार, असोज १४ २०८३

व्यवसायीलाई धम्क्याएको आरोपमा गोरखामा एक पक्राउ


बुधबार, चैत्र १८ २०७७
720
Shares

गोरखा । व्यवसायीलाई धाकधम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङका अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले गोरखा बु्रअरी प्रा.लीका सेल्स अफिसरहरु गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारी बस्ने निर्मल खनाल र वडा नम्बर १४ का अशोक खत्रीलाई धम्क्याएको प्रहरीको दाबी छ ।

दाहालले उनीहरुसँग ५ कार्टुन बियर लगायतका सामान माग गरि नदिएको खण्डमा ज्यान मार्ने धम्की समेत दिएको जिल्ला प्रहरी कार्यालय गोरखा डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

‘५ कार्टनु बियर चाइयो भने पटक–पटक डर–त्रास, धाक–धम्की दिएको पिडितको गुनासो आयो,’ उनले भने, ‘अनि हामीले आरोपी युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छौं ।’

सोमबार पक्राउ परेका दाहाललाई मंगलबार सार्वजानिक हित बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार