

गोरखा । जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका ३ भच्चेक स्थित भिमराज गुरुङको घरबाट नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जुवा खेल्ने गरेको गोप्य सूचनाका आधारमा भच्चेक बजारबाट गएराती उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका वडा नम्बर ३ का सुगम गुरुङ, सोमबहादुर गुरुङ, बिकास गुरुङ, अमिर गुरुङ सिरानचोक गाउँपालिका वडा नम्बर ५ का प्रकाश पोखरेल र ठाकुर बलयकोटी रहेको डिएसपी दाहालले बताए ।

कौडा खेलिरहेको अवस्थामा खालबाट नगद ९ हजार ९० हजार रुपैया समेत बरामद गरेको उनले बताए । पक्राउ परेका सवै बिरुद्ध जुवा सम्बन्धी कसुरमा मूद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


