• बुधबार, साउन १३ २०८३

थप १६७ जनालाई कोरोना संक्रमण, ११५ निको भए


मंगलबार, चैत्र १७ २०७७
520
Shares

काठमाडौं । नेपालमा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४० मा पिसिआर गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १ सय ४७ पुगेको छ।

पछिल्लो २४ घन्टामा १ सय १५ जना निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७ सय २७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार