• सोमबार, साउन २५ २०८३

होली खेल्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु


मंगलबार, चैत्र १७ २०७७
660
Shares

होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका–२६ का वडाध्यक्ष महेश साह, वडासचिव र एक महिलामाथि कुटपिट भएको छ ।

होली खेल्ने क्रममा भएको झगडा छुट्याउन गएका वडाध्यक्ष साहमाथि नै कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार