• सोमबार, साउन २५ २०८३

गोरखामा अवैध रुपमा काठ ओसारपसार गर्ने चार जना पक्राउ


मंगलबार, चैत्र १७ २०७७
880
Shares

गोरखा । गोरखामा अवैध रुपमा काठ ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया काठसहित ओसारपसार गर्न प्रयोग गरिने ट्याक्टर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

ना ६ त ५८६३ नम्वरको ट्याक्टर चालक सहित काठ ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का सुजन सुनार, पालुङटार –१० जोगिडिहीका अनिल लामा, सोनम लामा र सुनिल लामा रहेका छन् ।

नियन्त्रणमा लिइएको काठ, सवारी साधन र मानिसलाई कारवाहीका लागी डिभिजन वन कार्यालय पठाइएको डिएसपी दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार