

गोरखा । गोरखामा एक बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
आइतवार बिहान दुध लिन जादै गरेकी १४ वर्षिया बालिकालाई करणीको प्रयास गरेको आरोपमा गोरखा नगरपालिका–७ थर्पुका ४० बर्षीय भगवान खत्री पक्राउ परेको हु्न् ।

आरोपीत खत्रीलाई आइतवार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
सोमवार खत्रीविरुद्ध जवरजस्ती करणी उद्योग अभियोगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
