• सोमबार, साउन २५ २०८३

प्रशासनले रोक्यो गोरखा उधोग वाणिज्य संघको अधिवेशन (पत्रसहित)


सोमबार, चैत्र १६ २०७७
740
Shares

गोरखा । गोरखा उधोग वाणिज्य संघ गोरखाको अधिवेशन स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले संघकाे नाममा एक पत्र जारी गर्दै संघको ४६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन रोक्न लिखित अनुरोध गरेका थिए ।

साेहीका आधारमा संघको आज बसेको कार्यसमिती बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुनः छिमेकी मुलुक भारत लगायतका देशहरुमा बढ्दै गएकाले मिती २०७७ चैत २१ र २२ गते आयोजना गरेको अधिवेशन स्थगित गरिएको अध्यक्ष जीवनज्योती श्रेष्ठले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यलयले हामाीलाई १३ गते पत्रचार गरेको थियो ।’ अध्यक्ष श्रेष्ठले भने ‘प्रशासन कार्यलय, स्वास्थ्य मन्त्रालय तथा डिसिसिएमसीले जारी गरेको सूचनालाई मध्यनजर गर्दै समय अनुकूल नभए सम्माका लागी संघको अधिवेशन स्थगित गरिएको हो ।’

अधिवेशनमा करिब एक हजार बढी सदस्यहरुको उपस्थित रहने भएकाले पनि अधिवेशन स्थगित गर्नु परेको अध्यक्ष श्रेष्ठले सिभिलखबरलाई बताए ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार