
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार १ सय २२ जनाको नमुना परीक्षण गर्दा कुल १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको छ ।
उनीहरु मध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
