• सोमबार, साउन २५ २०८३

गोरखाका दलित समुदायले बनाए आफै मन्दिर


सोमबार, चैत्र १६ २०७७
1.1K
Shares

गोरखा । गोरखा नगरपालिका–५ का दलित समुदायले नवदुर्गा मन्दिर बनाएका छन् । मैदान दलित गुठीमा आवद्ध २९ घरधुरीले चन्दा संकलन र श्रमदान मार्फत मन्दिर बनाएका हुन् ।

‘आज धेरै खुसी लागेको छ,’ स्थानीय रीता नेपालीले भनिन्, ‘अन्तका मन्दिर पुजा गर्न जाँदा भित्र पस्न पाइदैनथ्यो, बाहिरबाट दर्शन गरेर फर्कनु पर्थो, अब त मज्जाले भित्रै बसेर पूजा गर्न पाइने भयो ।’ मन्दिर बनेसँगै सो क्षेत्रका तथाकथित दलित समुदाय निकै खुसी भएका छन् ।

यस अघि पहराको ढुङ्गामा पूजा गर्ने गरेका उनीहरु अब भने मन्दिर भित्रै गएर पूजा गर्न पाइने भयो भन्दै हर्षित भएका हुन् ।

No description available.

मन्दिर बनेपछि पुजारी बिलबहादुर मग्राती पनि खुसी भएका छन् । अब उनलाई अफ्ठेरो पहरामा गएर ढुङ्गामा गुठी पूजा गर्नु नपर्ने भएको छ ।खुसी हुँदै उनले भने, ‘अब त हाम्रो रीतिथिती पनि जोगीने भयो ।’ हरेक वर्ष फागुपूर्णिमाको अबसरमा उक्त दुर्गा मन्दिरमा विशेष पूजा हुने गर्छ । नियमित पूजाआजा भने सधै हुने गरेको उनले बताए ।

गुठीमा आवद्ध २९ घरधुरीबाट संकलन भएको २ लाख र ३ लाख जनश्रमदान मार्फत मन्दिर बनाइएको गुठीका सल्लाहकार विष्णु मग्राती बताए । मन्दिर निर्माणका लागि सुकमान मग्राती, धनमायाँ मग्रातीले दुई दाम तीन पैसा बराबरको जग्गा दान गरेका थिए ।

‘हाम्रो यो समाजमा एउटा मन्दिरको धेरै आवश्यकता थियो,’ सल्लाकार मग्रातीले भने,‘सबैको हातेमालोले मन्दिर त बनाइएको छ । अब एउटा गुठी घर बनाउने योजना छ । वडा र नगरपालिकालाई सहयोगको लागि आग्रह पनि गरेका छौं ।’

नवनिर्मित मन्दिरको एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै उनले धर्म संस्कती जगर्ने सबै लाग्नु पर्ने बताए । ‘गोरखा नगरपालिका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘यहाँका सबै कला संस्कृती र सम्पदाको जर्गेना गर्नु गोरखा नगरपालिकाको कर्तव्य हो ।

No description available.

तर तपाईहरु नै अग्रसर भएर जुन काम गर्नु भएको छ, यो सरानीय छ ।’ उक्त अभियानलाई आवश्यक सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकुमार थापाले मन्दिरमा नियमित पूजा आजाको व्यवस्था गर्न आग्रह गरेका थिए ।

गुठी समाजका अध्यक्ष दलबहादुर मग्रातीको अध्यक्षतामा भएको कार्यक्रममा गुठीका सचिव झलक मग्राती, स्थानीय रामबहादुर मग्राती लगायतले मन्तब्य राखेका थिए । मन्दिर बनेको खुसीयालीमा स्थानीयहरुले विशेष पूजाआजा गरी सामुयिक भोजभतेर समेत गरेका छन् । कार्यक्रमको अवसरमा जग्गादाता मग्राती दम्पतीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार