• सोमबार, साउन २५ २०८३

गोरक्षनाथ मन्दिरको शिलन्यास


सोमबार, चैत्र १६ २०७७
965
Shares

गोरखा । सद्गुरु गोरक्षनाथ बाबाको मन्दिर बन्ने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार नजिकै रहेको शिखर डाँडामा निर्माण गरिने मन्दिरको एक कार्यक्रमका वीच १०.३५ मिनेटको शुभ साइतमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिलन्यास गरेका हुन् ।

शिखर शैलीमा निर्माण गरिने उक्त मन्दिर मन्दिरको लागत १ करोड ६२ लाख लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गोरक्षनाथ आश्रम राजविद्या शक्ति केन्द्रका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए । गोरखनाथ गुठीको नाममा रहेको ५१४ रोपनी क्षेत्रफल जमिनमा मन्दिर सहितका अन्य धार्मिक धरोहरहरु निर्माण गरिने आयोजकले जनाएको छ ।

No description available.

उक्त क्षेत्रलाई धार्मिक पीठको रुपमा बिकास गर्न योगशाला, गौशाला, प्रबचन कक्ष र ध्यान केन्द्रको समेत निर्माण हुने भएको छ । यी सबै संरचना निर्माणका लागि भने करिब ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‘औपचारीक रुपमा मन्दिर निर्माणको काम सुरु भएको छ,’ अध्यक्ष बस्न्यातले भने, ‘सबैले जो सकेको गरी यो महाअभियानलाई सफल बनाइदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ उक्त स्थानमा २०७५ सालमा श्रीमद्भागवत महापुण लगाएर १५ लाख रुपैयाँ संकलन गरिएको थियो । सो रकम पनि मन्दिर निर्माणमा खर्च गर्ने योजना बनाइएको बस्न्यातले बताएका छन् ।

यसैवीच गण्डकी प्रदेश सरकारले वन डिभिजन कार्यालय मार्फत यज्ञशाला निर्माण गर्नका ५ लाख रकम बिनियोजन गरेको थियो । अहिले यज्ञशाला निर्माण गरी नियमित रुपमा हवन तथा मन्त्रपाठ गर्ने गरिएको छ । धार्मिक मान्यता अनुसार गुरु गोरखानाथले उक्त भूमिमा बाल्यकाल बिताएको किमबदन्ती छ ।

त्यहाँको माटोमा शक्ति रहेको भन्दै उनका अनुयायीहरुले शक्ति पीठ निर्माण गर्न लागेका हुन । कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुलबहादुर कुँवर लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार