
गोरखा । ट्याक्टरले किचेर गोरखामा एक युवकको ज्यान गएको छ ।
गोरखा नगरपालिका १० को छेवेटार बजारमा आफै चढेर आएको ट्याक्टरले किच्दा करिब ३१ बर्षका दिलबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको स्थानीयले जानकारी दिए ।
बारकिलाेबाट छेवेटार जादै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरकाे टेलरमा छेवेटारकै महादेवटारीबाट नेपाली चढेका थिए ।



तर छेवेटार बजार पुगेपछि उनि एक्कासी ट्याक्टरबाट उछिट्टिएर खसेकाे र ट्याक्टरकाे पछाडिकाे टायरले किचेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले सिभिलखबरलाई बताए ।

उनको टाउकोमा गम्भिर चोट लागि घटनास्थलमै ज्यान गएको बताइएको छ । हाल जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का लगायतका अनुसन्धानका काम भइरहेको डिएसपी दाहालले जानकारी दिए ।
हाल ट्याक्टर र चालक उज्वल कुमाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे बताइएकाे छ ।

