• आइतबार, भाद्र २१ २०८३

भारतमा एकैदिन ५९ हजार बढीमा कोरोना संक्रमण


शुक्रबार, चैत्र १३ २०७७
530
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जना व्यक्तिमा कोरोना भायरुसको संक्रमण देखिएको छ।

बिहीबार ५३ हजारमा ५३ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक करोड १८ लाख ४६ हजार ६ सय ५२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ। योसँगै भारतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार ९ सय ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

त्यस्तै भारतमा चार लाख २१ हजार ६६ जना सक्रिय संक्रमित रहेका छन् भने एक करोड १२ लाख ६४ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन्।

भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन्।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ।

बिहीबार एकै दिनमा ११ लाख ७ सय ५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार