• बुधबार, असोज १४ २०८३

कोरोना अस्पताल रहेको भवनमा आगलागी, १० जनाको मृत्यु


शुक्रबार, चैत्र १३ २०७७
560
Shares

काठमाडौं । भारतको मुम्बईस्थित कोरोना अस्पताल रहेको एक भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।

सनराइज अस्पताल रहेको ड्रिम्स मलमा बिहीबार मध्यराति आगलागी हुँदा १० जनाको मृत्यु भएको एनडिटिभीले जनाएको छ।

अस्पतालमा उपचाररत् कोरोना संक्रमितहरू सुरक्षित स्थानमा लगिएको छ। ७० जनाभन्दा बढी कोरोना संक्रमितहरू अस्पतालमा उपचाररत थिए।

आगलागी भएपछि २२ वटा दमकल अस्पताल पुगेका थिए। आगलागी हुनुको कारण अहिले खुलिसकेको छैन।

अस्पतालले सुरूमा जारी गरेको विज्ञप्तिमा मानवीय क्षति नभएको जनाएको थियो। तर पछि अस्पतालले केही बिरामीहरू हराइरहेको बताएको थियो। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार