• सोमबार, साउन २५ २०८३

आँचल, सागर, वर्षा र पुष्पको ‘ब्रेकअप गरौंला’ (भिडियो)


शुक्रबार, चैत्र १३ २०७७
695
Shares

गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमा समावेश ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक भएको छ ।

गीतमा कृष्ण भारद्धाजको संगीत, तिलकप्रताप चन्दको शब्द छ । ६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौंला’ हिट भएपछि निर्देशक सरोज वलीले सिरिजको रुपमा ‘माया गरौंला–२’ सार्वजनिक गरेका हुन् ।

यो गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, सागर लम्साल लगायतका कलाकारको अभिनय छ ।

भिडियोमा सागर र आँचल, पुष्प र वर्षा जोडीको रुपमा देखिएका छन् । सरोज वलीको निर्देशनमा तयार भएको यो भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलालको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार