• सोमबार, साउन २५ २०८३

ग्याँस सिलिण्डर पड्किँदा घाइते भएका बस्नेतको मृत्यु


शुक्रबार, चैत्र १३ २०७७
615
Shares

काठमाडौं । खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ ।

यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका—५ स्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका बस्नेतकोआज (शुक्रबार) मृत्यु भएको हो ।

दोलखाको सैलुङ गाउँपालिका—६ घर भई हाल सूर्यविनायक—४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी पसल सञ्चालक हुन् ।

घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ । दोलखाकै सैलुङ—६ घर भई काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भीर छन् । उनीहरु मृतकका आफन्त हुन् ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका—२ घर भई भक्तपुरको सल्दाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी र १६ वर्षीय हिमुन्स थापा भने सामान्य छन् । उनीहरु खाजा पसलमा आएका ग्राहक हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार