• सोमबार, साउन २५ २०८३

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ


शुक्रबार, चैत्र १३ २०७७
655
Shares

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान—८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीलाई खुकुरीले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए।

खुकुरी प्रहारबाट घाइते भएकी सम्झनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा पौने ६ बजे मत्यु भएको थियो।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार