गोरखा । गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी मावि डुम्रीडाँडाका विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।

२ सय ७१ विद्यार्थीको आँखा परीक्षणका क्रममा ११ जनामा दृष्ट्रि क्षमता कमजोर पाइएको छ । उनीहरुलाई चस्मा लगाउन सुझाव दिइएको छ ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये आवश्यक विद्यार्थीलाई चस्मा र औषधी समेत निशुल्क वितरण गरिएको लायन्य क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

शिविर लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा कालिकाको सयुक्त आयोजनामा भएको थियो ।