• सोमबार, साउन २५ २०८३

दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक


बिहिबार, चैत्र १२ २०७७
2K
Shares

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।

उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले जानकारी दिइन्।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्।

‘सरोज खनालको नामबाट बहिनी कता छौरु एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले भनिन्, ‘पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’

ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार