• सोमबार, साउन २५ २०८३

मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न


बिहिबार, चैत्र १२ २०७७
730
Shares

गोरखा । गोरखामा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजनामा सदरमुकामको कभर्ड हलमा मंगलबारदेखी शुरु भएको ब्याड्मिन्टन प्रतियोगिता आज बिहीबार सम्पन्न भएको हो ।

प्रतियोगितामा शिनियर तर्फ शिशुबाबु प्रधान र भोला प्रसाद मरहट्टाको जोडी पहिलो भए भने जुनियर तर्फ कपिल भट्ट र दिपेन्द्र पुन पहिलो भए ।

सिनियर तर्फ रमेश थापा र नारायण अछामी दोस्रो तथा टोपबहादुर अधिकारी र सुरेन्द्र गुरुङ तेस्रो भएका छन् ।

त्यसैगरी जुनियर तर्फ प्रदिप कुँवर र गणेश शिलवाल दोस्रो, शिबकुमार श्रेष्ठ र रेशम आले मगर तेस्रो भएका छन् । सिनियार तर्फ १९ र जुनियार तर्फ १५ गरी जम्मा ३४ जोडीको सहभागी रहेको प्रतियोगीता संयोजक सुजन श्रेष्ठले बताए ।

बिजेताहरुलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले मेडल, प्रमाण पत्र, कपसहित क्रमस पाँच, तीन र दुई हजार नगद पुरस्कार बितरण गरेका थिए ।

क्लवका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, इश्वरकाजी मास्के, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी र प्रतियोगिताका संयोजक श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार