गोरखा । जिल्लाको भिसेनथापा गाँउपालिका—१ घ्याम्पेसालमा अवस्थित दुल्लभ माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

वि.स.२०४२—०६७ सम्म अध्यापन गरी सेवा निर्धृत पूर्व स्वर्गिय शिक्षक श्री राम चन्द्र श्रेष्ठको सम्झनामा स्मृति कोष स्थापना गरिएको हो ।
आज बिहीबार एक कार्यक्रमका विच श्रेष्ठको धर्म पत्नी लगायत संयुक्त परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णा बहादुर गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।


कोषबाट आएको व्याजको रकमले आधारभूत तह उत्तीर्ण परिक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार वितरण गरिने विद्यालयका सहायक प्रद्यानाध्यापक कमल भट्टले सिभिलखबरलाई जानकारी दिए ।
