• आइतबार, भाद्र २१ २०८३

क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र


बिहिबार, चैत्र १२ २०७७
630
Shares

सरकारले गोरखासहित देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न परिपत्र गरिएको बताए ।

मन्त्रालयले यही चैत्र ९ गते सबै जिल्लालाई परिपत्र गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार