• बुधबार, साउन १३ २०८३

गोरखाको सातदोबाटोमा आगो निभाउन जाँदा एक वृद्धको मृत्यु


बिहिबार, चैत्र १२ २०७७
1.1K
Shares

Fuoco 4

गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा आगो निभाउन जाँदा एक वृद्धको मृत्यु भएको छ ।

सातदोबाटोको सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा स्थानिय ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको हो ।

बुधवार राती करिब ११ बजे घर नजिकै परालको टौवा नजीक आगो आएको देखेर निभाउन गएका मगर मृत अवस्थामा फेला परेको आफन्तले बताए ।

धेरै समय नआएपछि खोजी गर्दा जलेर मृत अवस्थामा आफन्तले भेटेपछि आरुघाट प्रहरीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सेखर खनालले जानकारी दिए ।

शवको पोष्टमार्टमको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट पठाईएको एसपी खनालले बताए ।

एसपी खनालका अनुसार हावाहुरीका कारण फ्युज सर्ट हुन गई आगोलागी भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार