• सोमबार, साउन २५ २०८३

भेटियो टाउको बिनाको शव


बिहिबार, चैत्र १२ २०७७
775
Shares

टाउको काटिएको अवस्थामा सर्लाहीमा एक युवकको शव फेला परेको छ।

बिहीबार बिहान साढे ८ बजे मलंगवा नगरपालिका—९ मा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए।

खेतमा टाउको नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक मलंगवा नगरपालिका —१०का २५ वर्षीय सुशील यादव हुन्। उनको टाउको जिउ भेटिएकोभन्दा करिब ६० मिटर टाढा दक्षिणमा भेटिएको डिएसपी कुँवरले बताए।

यादवको शव पोष्टमर्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ।

अहिले प्रहरीले कसैलाई पक्राउ गरिनसकेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार