• सोमबार, साउन २५ २०८३

४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाप्रसादले पाए नेपाली नागरिकता


बिहिबार, चैत्र १२ २०७७
480
Shares

४० वर्ष भारतीय जेलमा बिताएर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता प्राप्त गरेका छन्।

बिहीबार ६१ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।

भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरेका हुन्।

नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ। पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ।

उनलाई निवेदन दिएको २० मिनटभित्रै नागरिकता प्रदान गरिएको हो।

यनको नागरिकतामा जन्मस्थान साबिकको एकतप्पा र हालको ठेगना माई नगरपालिका–१० लुम्बाक राखिएको छ।

४० वर्षअघि विनाकारण कोलकाताको जेलमा परेका तिम्सिना गत शनिबार छुटेका थिए भने उनी आइतबार घर आइपुगेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार