गोरखा । गोरखाको शहिद लखन गाउँपालिका–६ दार्चेको एक गोठमा आगलागी भएको छ ।
स्थानीय नारायण प्रसाद रेग्मीको गोठमा मंगलवार राती भएको आगलागीबाट चार वटा माउ बाख्रा जलेर मरेको वडाध्यक्ष दिलिप थापा मगरले जानकारी दिए ।



गोठमा रहेको माउ भैंसी र पाडोलाइ भने जिउँदै उद्धार गरिएको भए पनि भैंसीको शरीरको छाला पुरै जलेकाले बाच्ने सम्भावना कम भएको पिडित रेग्मीले बताए ।
कुडो पकाउन गोठमा बालेको आगो परालमा सल्किएर आगलागी भएको हो । घटना मंगलबार राती करिब ११ बजे तिर भएको हो ।

आगो लागेको देखे पछि स्थानीयले मिलेर नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
आगलागीबाट टिनले छाएको गोठ जलेर नष्ट भएको छ भने करिव पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
